नेभिगेशन
समाचार

“एमालेद्वारा संविधान दिवस भव्य र विशेष रूपमा मनाउन आह्वान,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका कमिटीलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले  मंगलबार जारी गरेको विज्ञप्तिमा  वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र  र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ।

एमालेले हालै २३ र २४ भदौमा भएका दुःखद घटनाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको र सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्रहरू भइरहेका भन्दै संविधानको संरक्षण र स्थायित्वका लागि पार्टी सङ्गठनहरूलाई सक्रिय रहन आग्रह गरेको हो।

पार्टीले असोज ३ गते सबै प्रदेश र जिल्ला तहमा संविधान दिवसका कार्यक्रमलाई भव्यतापूर्वक मनाउन निर्देशन दिएको छ। यससँगै काठमाडौँ उपत्यकामा भने केन्द्रीय स्तरको विशेष कार्यक्रम पार्टी कार्यालयमा च्यासलमा आयोजना गरिने  विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update