नेभिगेशन
समाचार

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सानो मन्त्रिमण्डल गठनको तयारीमा

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सानो र कार्यकुशल मन्त्रिमण्डल बनाउने तयारी गर्नुभएको छ। हालका २१ मन्त्रालयलाई संक्षिप्त पारेर एकै मन्त्रीले २–३ वटा मन्त्रालय सम्हाल्ने व्यवस्था गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार यसपटक कसैलाई पनि उपप्रधानमन्त्री नबनाइनेछ। अर्थ मन्त्रालयको जिम्मेवारीका लागि पूर्वसचिव रामेश्वर खनालको नाममा सहमति जुटेको छ भने उर्जा तथा अन्य प्राविधिक विषयका मन्त्रालयहरू कुलमान घिसिङलाई दिने तयारी गरिएको छ।

मन्त्रिमण्डललाई छिटो प्रभावकारी बनाउने उद्देश्यले मिलेसम्म आजै केही मन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयको स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update