नेभिगेशन
समाचार

नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा सरसफाइ अभियान, वि.पी. कोइरालाको ब्यानर टाँसिँदै

जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडको शिकार बनेको नेपाली कांग्रेस बर्दिया जिल्ला पार्टी कार्यालयमा शनिबारदेखि व्यापक सरसफाइ र मर्मत–सम्भार अभियान सुरु गरिएको छ।

 

पार्टीका स्थानीय केद्रिय देखि नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिमा कार्यालयको भित्तापाटीदेखि आवश्यक सामग्रीसम्म सफा र व्यवस्थापन गरिएको छ। अभियानको क्रममा नेपाली कांग्रेसका संस्थापक नेता वि.पी. कोइरालाको योगदान सम्झिँदै उनको ठुलो ब्यानर पनि कार्यालय परिसरमा टाँसिएको छ।

 

नेपाली कांग्रेसका जिल्ला नेताहरूले आन्दोलनका नाममा भएको क्षतिलाई लोकतान्त्रिक संस्कृतिमाथिको आक्रमण भन्दै निन्दा गरेका छन्। उनीहरूले भने, “शान्तिपूर्ण आन्दोलनको हक सबैकहाँ छ, तर सार्वजनिक तथा पार्टी सम्पत्तिमा क्षति पुर्‍याउनु अस्वीकार्य छ। कार्यालयलाई फेरि सक्रिय र व्यवस्थित बनाउने हाम्रो दायित्व हो।”

 

स्थानीयवासीहरूले पनि सरसफाइमा सहकार्य गर्दै कार्यालयलाई पुरानै स्वरूपमा फर्काउने प्रयासमा हातेमालो गरेका छन्। पार्टीका अनुसार आगामी दिनमा कार्यालयभित्र राजनीतिक, सामाजिक तथा प्रशिक्षण गतिविधि पुनः सुचारु गरिने जानकारी गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update