नेभिगेशन
समाचार

जेन–जी आन्दोलनका कारण सुर्खेत नापी कार्यालय सेवा शून्य

२४ भदौ (मंगलबार)मा जेन–जीका नाममा भएको हिंसात्मक आन्दोलनका कारण सुर्खेतस्थित नापी कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प भएको छ। सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमितताको विरोधमा २२ भदौदेखि सुरु गरिएको जेन–जी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो।

दोस्रो दिन प्रतिशोधस्वरूप सडकमा उत्रिएका आन्दोलनकारीले कर्णालीका महत्त्वपूर्ण सरकारी निकायमा तोडफोड र आगजनी गरेका छन्। यस क्रममा नापी कार्यालय सुर्खेतका महत्त्वपूर्ण अभिलेख र सर्भर जलेर नष्ट भएका छन्। कार्यालयका प्रमुख दिनेश भण्डारीका अनुसार जग्गा–जमिनसँग सम्बन्धित प्राविधिक कागजातहरू कागजमै राखिएका हुँदा ती पूर्ण रूपमा जलेर नष्ट भएपछि सेवा प्रवाहमा ठूलो चुनौती खडा भएको छ।

नापी कार्यालयले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) उपलब्ध गराउने, नाप–नक्शा बनाउने, नामसारी, विवाद समाधान, अतिक्रमण वा सिमाना विवादमा नापजाँच प्रतिवेदन तयार गर्ने, सरकारी निकायलाई जग्गासम्बन्धी सूचना दिने र राजस्व संकलनजस्ता काम गर्दै आएको छ। तर, आगजनीपछि कर्मचारीसमेत कामविहीन बनेका छन्।

कार्यालयका अनुसार विभागसँग पर्याप्त डिजिटल रेकर्ड नभए जग्गासम्बन्धी कार्यहरू शून्यबाट सुरु गर्नुपर्ने अवस्था आउन सक्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले आन्दोलनकारीले जानाजान तथ्यांक भण्डारण कक्षलाई निसाना बनाएको प्रारम्भिक आकलन गरिएको बताए। उनका अनुसार क्षतिको मूल्यांकन र घटनासम्बन्धी प्रमाण संकलनको कार्य प्राथमिकतामा राखी अघि बढाइँदै छ।

यस घटनाले नागरिकलाई जग्गा–जमिनसम्बन्धी अत्यावश्यक सेवा प्रदान गर्ने नापी कार्यालय पूर्ण रूपमा सेवाविहीन बनेको छ भने महत्त्वपूर्ण अभिलेख गुम्दा भविष्यमा कानुनी र प्रशासनिक जटिलता झन् बढ्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update