नेभिगेशन
समाचार

सुनचाँदी व्यवसायी संघ, सुर्खेतद्वारा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम हुने

सुनचाँदी व्यवसायी संघ, सुर्खेतको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम यही २०८२ साल भदौ २१ गते आयोजना हुने भएको छ।

“श्रम र सीपको विकास गरौं” भन्ने नारासहित सञ्चालन हुने कार्यक्रम कौशिक सभाहल, आन्तरिक राजस्व कार्यालयअगाडि, सुर्खेतमा हुनेछ।

संघले कार्यक्रममा सुनचाँदी व्यवसायमा संलग्न व्यवसायी, सरोकारवाला निकाय, विज्ञ तथा संघ-संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहोस् भन्ने अपेक्षा राखेको छ।

सुनचाँदी व्यवसायसँग सम्बन्धित विविध विषयमा सीप, कानुनी पक्ष, प्रविधि र व्यवसायिक अनुशासनबारे प्रशिक्षण र अन्तरक्रिया गरिने कार्यक्रमले व्यवसायीहरूको ज्ञान र क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकले जानकारी गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update