नेभिगेशन
समाचार

बिहीवार संसदमा अनिवार्य उपस्थिति हुन सांसदहरूलाई निर्देशन

बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् ।राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update