नेभिगेशन
समाचार

बिहीवार संसदमा अनिवार्य उपस्थिति हुन सांसदहरूलाई निर्देशन

बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् ।राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update