नेभिगेशन
समाचार

दाइजोका लागि योजनाबद्ध हत्या भएको परिवारको आरोप

दाइजोका लागि ससुरा र पतिले योजनाबद्ध ढंगले हत्या गरेको पीडित पक्षको आरोप छ। मृतक दीपा यादवका ठुलोबुवा भगवतीप्रसाद यादवले न्यायको माग गर्दै घटनाबारे गम्भीर प्रश्न उठाएका छन्।

उनका अनुसार गत ४ असारमा धुमधामका साथ विवाह भएको थियो। विवाहका बेला परिवारले सकेसम्म दाइजो दिएको भए पनि विवाहपछि समेत निरन्तर थप माग भइरहेकाले समस्याहरू देखा परेका थिए।

“भाइ सञ्जीवले वैदेशिक रोजगारीमा कमाएको पैसा खर्च गरेर त्यतिबेला २५ लाख रुपैयाँको खर्च भएको थियो। त्यसपछि थप दहेज दिन सक्ने अवस्था थिएन,” उनले भने।

यादवले दिपाको मृत्युबारे शंका प्रकट गर्दै भने, “उनी बिरामी परेकी थिइन् भने हामीलाई जानकारी गराउनुपर्थ्यो। तर, उल्टै हाम्रो फोनसमेत पटक–पटक उठाइएन। यो योजनाबद्ध हत्या हो।”

परिवारले छोरीको असामयिक मृत्युप्रति दुःख प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update