नेभिगेशन
समाचार

एससिओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा छन्। भ्रमणको क्रममा उनले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरिरहेका छन्।

आजै प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, तथा लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update