नेभिगेशन
समाचार

समाज रूपान्तरणको यात्रामा ५ वर्ष: बाँसगढी युवा सञ्जालको उदाहरणीय यात्रा

बाँसगढी क्षेत्रमा बालविवाह अन्त्यका लागि प्रभावशाली भूमिका निर्वाह गर्दै आएको बाँसगढी युवा सञ्जालले समाजमा सकारात्मक परिवर्तन ल्याउने उदाहरणीय कार्यहरू गर्दै आएको छ।

स्थापनाको सुरुवातदेखि नै समाज रूपान्तरण र युवा सशक्तीकरणलाई मुख्य लक्ष्य बनाएको सञ्जालले बालविवाहजस्तो संवेदनशील र गम्भीर सामाजिक समस्यालाई अन्त्य गर्नका लागि निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।

यस अभियान अन्तर्गत कहिले सडक नाटकमार्फत बालविवाहका नकारात्मक असरहरू देखाइएको छ भने कहिले गाउँ–गाउँमा पुगेर समुदायमै संवाद, अभिमुखीकरण र सचेतना कार्यक्रमहरू संचालन गरिएको छ। विशेषगरी किशोर–किशोरी, अभिभावक र समुदायका अगुवाहरूलाई लक्षित गर्दै सञ्जालले चेतना फैलाउने प्रयासलाई व्यापक बनाएको छ।

बालमै विवाह गर्नु बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोवैज्ञानिक अवस्था र सम्पूर्ण भविष्यमा गम्भीर असर पार्छ भन्ने तथ्यलाई उजागर गर्दै सञ्जालले बालविवाहविरुद्ध स्थानीय तहमा बलियो आवाज उठाउँदै आएको छ। यसको प्रत्यक्ष प्रभावस्वरूप बाँसगढी क्षेत्र बालविवाह न्यूनीकरणतर्फ उल्लेखनीय प्रगति गर्न सफल भएको छ।

समाज परिवर्तनका लागि युवा शक्ति अपरिहार्य हुन्छ भन्ने दृष्टिकोण राखेर अघि बढेको बाँसगढी युवा सञ्जालको बालविवाह अन्त्यका लागि समर्पित अभियान स्थानीय सरकार, संघसंस्थाहरू तथा अभिभावकहरूद्वारा समेत प्रशंसित भइरहेको छ।
यस अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सञ्जालले आगामी दिनमा पनि समाजमा जरा गाडेर बसेका गलत प्रथाविरुद्ध निरन्तर जनचेतनाको बत्ती बालिरहने अठोट व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update