नेभिगेशन
समाचार

सुर्खेत प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा १० जनालाई नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ मा सञ्चालनमा रहेका भूमिका रेस्टुरेन्ट एण्ड लज, आँगन होटल र सुरेश होटलबाट होटल सञ्चालकसहित विभिन्न स्थानका १० जना पक्राउ परेका हुन्।

नियन्त्रणमा परेकामध्ये दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैशी (भूमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक) र जाजरकोट जुनिचाँदे–९ की ३४ वर्षीया देविका शाही (सुरेश होटल सञ्चालक) पनि छन्। बाँकी आठ जना फरक–फरक जिल्लाका रहेका प्रहरीको भनाइ छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू सार्वजनिक हित र स्वास्थ्य सुरक्षाविरुद्धका उच्छृङ्खल गतिविधिमा संलग्न रहेको प्रमाण फेला परेको जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update