नेभिगेशन
समाचार

अछाममा छाउगोठमा सुतेकी आमा–छोरीसहित दुईको ढुङ्गा लागेर मृत्यु, एक घाइते

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा भीरबाट खसेको ढुङ्गाले छाउगोठमा सुतिरहेका दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकमध्ये ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ निवासी गोरे भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारी रहेका छन्। उनीहरू आज बिहान छाउगोठमा सुतेकै अवस्थामा ढुङ्गाले किच्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनामा कविताकी आमासमेत घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update