नेभिगेशन
समाचार

राष्ट्रिय युवा सङ्घ बाँसगढी नगर कमिटीले आयोजना गरेको बाँसगढी नगरपालिका स्तरीय युवा भेला कार्यक्रम सम्पन्न भएको छ

बाँसगढीमा रहेको सामुदायिक भवनमा बिहीबार सञ्चालन गरिएको कार्यक्रममा
प्रमुख अतिथिका रूपमा बाँसगढी नगरपालिका प्रमुख खड्गबहादुर खड्काको उपस्थिति रहेको थियो ।  
नगर प्रमुख खड्काले कार्यक्रम अवधिभर नगरका युवाहरूसँग नगरभित्रका विभिन्न विकास साथसाथै खेलकुदका क्रियाकलाप सम्बन्धी छलफल गरेका थिए । साथै उनले बाँसगढी नगरपालिकाभित्र रहेका विकास प्रेमी युवाहरुलाई एकताका रूपमा अगाडि बढ्न र बढाउनका निम्ति राष्ट्रिय युवा सङ्घ बाँसगढी नगर कमिटीले आयोजना गरेको यो कार्यक्रम नगरका लागि निकै फलदायी रहेको समेत उल्लेख गरेका थिए ।
बाँसगढी नगरका २०० भन्दा बढी युवाहरूको सशक्त सहभागिता र उत्साहजनक उपस्थिति सहित मेयरसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरि कार्यक्रममा नगरको सामाजिक परिस्थिति र विकासका विषयमा महत्वपूर्ण छलफल गरि सम्पन्न भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update