नेभिगेशन
समाचार

जाजरकोटमा वडा कार्यालय भवन ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध मुद्दा

 कार्यालय भवन निर्माणसम्बन्धी ठेक्काप्रक्रियामा अनियमितता भएको ठहर गर्दै आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापा प्रतिवादी बनेका छन्। यस्तै ठेकेदार गंगाकुमारी खड्का र चित्रबहादुर बोहरालाई समेत मुद्दामा समेटिएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माणको क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गर्दै ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको अनियमितता भएको पाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update