नेभिगेशन
समाचार

"नेपालमा युवाको उमेर सीमा फेरबदल : अब १८ देखि ३५ वर्षसम्म मात्र युवा"

सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गर्दै युवाको उमेर सीमा १८ देखि ३५ वर्षसम्म कायम गरेको छ। यसअघि लागू रहेको ‘राष्ट्रिय युवा नीति–२०७२’ मा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिने व्यवस्था थियो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नयाँ नीतिअनुसार अब १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र युवा मानिनेछ। उनले २०७८ को जनगणना आधार मानेर नयाँ संरचना अनुसार युवाको जनसङ्ख्या गणना गर्न आग्रह गरेका छन्।

बालबालिकासम्बन्धी ऐनले १८ वर्षभन्दा तललाई बालबालिका परिभाषित गरेको कारण १८ वर्षमाथि मात्र युवामा राखिएको उनको भनाइ छ। तर, ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ मा भने अझै १६ देखि ४० वर्षकै व्यवस्था रहेकाले कानूनी रुपमा उमेर सीमा तत्कालीन अवस्थामा परिवर्तन नभएको बस्नेतले बताए।

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षलाई युवा परिभाषा गरेको भए पनि नेपालले आफ्नो सामाजिक तथा राष्ट्रिय सन्दर्भअनुसार नयाँ नीति तय गरेको हो। पाँच/पाँच वर्षमा संशोधन गर्नुपर्ने नीति १० वर्षपछि आएर परिमार्जन गरिएको पनि परिषद्ले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update