नेभिगेशन
समाचार

रास्वपाका नेता अरनिको पाँडे चार दिनका लागि हिरासतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

सामाजिक सञ्जालमार्फत महिलामाथि गालीगलौज र चरित्रहत्या गरेको आरोपमा बुधबार पक्राउ परेका पाँडेलाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानका लागि हिरासतमा राखेको हो।

एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपमान र चरित्रहत्या प्रयास भएको दाबी गर्दै साइबर ब्युरोमा जाहेरी दिएपछि पाँडेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। पक्राउ पुर्जी जारी भइसके पनि उनी आफैं बुधबार साइबर ब्युरोमा उपस्थित भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update