नेभिगेशन
समाचार

जुगल गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र पुल, स्थानीय सास्तीमा

मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ। दुई वर्षमै सम्पन्न गर्ने गरी करिब आठ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीले काम अघि नबढाउँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन्।

वि.सं. २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गरेकाे ६३ मिटर लामो पुल जुगल–१ र ५ जोड्ने गरी योजना बनेको थियो। तर, प्रमुख ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिएर सम्पर्कविहीन बनेपछि काम अघि बढ्न सकेको छैन।

गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले स्थानीय सरकारको पटक–पटकको आग्रह बेवास्ता गरिएको आरोप लगाउँदै पुल बनेमा साविकका सेलाङ र गोल्चे गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताए।

यता, कम्पनीका प्रोपाइटर गणेश आर्चाय भने ‘ड्रइङ डिजाइन’ स्वीकृत भए पनि सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबनाइदिएको र दुई वर्षदेखिको बिलसमेत भुक्तानी नगरेको कारण काम रोकिएको दाबी गर्छन्।

जुगल–५ का वडाध्यक्ष रवीन्द्र घिमिरेका अनुसार पुल निर्माण अघि नबढ्दा जनतालाई आवत–जावतमा जोखिम व्यहोर्नु परेको छ। हाल प्रयोगमा रहेको झोलुङ्गे पुल जीर्ण भएकाले नदी पार गर्नै खतरापूर्ण बनेको उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update