नेभिगेशन
समाचार

महेन्द्र रत्न क्याम्पसमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित तीज विशेष कार्यक्रम आज काठमाडौंको महेन्द्र रत्न क्याम्पस, ताहाचल मा भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष डा. सुजन कडारियाले तीज पर्वले सांस्कृतिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भावलाई बलियो बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले विद्यार्थी जीवनमा यस्ता सांस्कृतिक गतिविधिले सहकार्य र सकारात्मक सोच प्रवर्द्धन गर्ने पनि उल्लेख गर्नुभयो।

त्यसैगरी कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष इश्वर थापाले सभाध्यक्षको भूमिका निर्वाह गर्दै  सम्पूर्ण सहभागीहरूलाई हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभयो। उहाँले तीजजस्ता पर्वहरूले हाम्रो मौलिक संस्कृतिलाई जोगाउने मात्र नभई नयाँ पुस्तामा परम्परागत मूल्य–मान्यताको संरक्षण गर्ने अवसर दिने धारणा राख्नुभयो।

कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक नृत्य, गीत–संगीत र तीज पर्वको महत्वबारेका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।

आयोजक समितिले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update