नेभिगेशन
समाचार

सुर्खेतमा गाडीबाट खसेर यात्रुको मृत्यु


सुर्खेत — चौकुने गाउँपालिका–७, गुटुबाट बिरेन्द्रनगरतर्फ जाँदै गरेका एक यात्रुको बराहाताल गाउँपालिका–४ स्थित गिरिघाट नजिक गाडीको ढोकाबाट खसेर ज्यान गएको छ।
स्थानीयहरूका अनुसार मोडमा गाडीको ढोका खुल्दा ती यात्रु अनियन्त्रित रूपमा सडकमा खसेका थिए। घाइते अवस्थामा तत्काल उद्धार गरिए पनि उपचारका क्रममा निधन भएको हो।

यो अकल्पनीय दुर्घटनाले परिवार, आफन्त र समग्र स्थानीय समाजलाई गहिरो पीडा दिएको छ। मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चिरशान्तिको कामना गर्दछौ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update