नेभिगेशन
समाचार

विद्यादेवी भण्डारीद्वारा महिला नेतृलाई तीजको दर

नेकपा एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो भदौ ६ गते महिला नेतृहरूलाई तीजको दर खुवाउने भएकी छन्।

भण्डारीको सचिवालयका अनुसार भंगालस्थित निवासमा हुने दर खाने कार्यक्रममा एमाले केन्द्रीय कमिटीका महिला सदस्य, पार्टीसँग आवद्ध सांसद, विभाग तथा जनवर्गीय संगठनमा सक्रिय महिला नेतृहरूलाई आमन्त्रण गरिएको छ।

हालै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण खारेज गरेर सक्रिय राजनीतिबाट टाढा राख्ने प्रयास गरेको आरोप रहेको बेला भण्डारीले महिला नेतृहरूलाई बोलाएर दर खुवाउन लागेकी हुन्।

एमाले नेतृत्वमै फर्किन खोजेपछि ओलीसँग सम्बन्ध चिसिएको भण्डारीले औपचारिक रुपमा पार्टी गतिविधिमा सहभागी हुन नपाए पनि नेताकर्मीसँग जोडिने प्रयास गरिरहेकी छन्। यही सिलसिलामा उनी सोमबार विराटनगर पुगेकी थिइन्, जहाँ उनले एमालेका विभिन्न तहका नेताकर्मीहरूसँग भेटघाट गरेकी थिइन्।

भण्डारीले भदौ १४ गते वीरगञ्ज जाने कार्यक्रम पनि तय गरेकी छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update