नेभिगेशन
समाचार

हेटौंडामा भारतीय नागरिकसहित चाँदी बरामद

मकवानपुर प्रहरीले भारतीय नागरिकबाट भन्सार छली ल्याइएको ठूलो परिमाणको चाँदी बरामद गरेको छ।

आइतबार राति करिब ९ः३० बजे हेटौंडा–१० बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारत, मोतीहारीका ५२ वर्षीय चाँदीलाल साह पक्राउ परेका हुन्। प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा चाँदी र चाँदीका गहना फेला परेको हो।

प्रहरीका अनुसार बरामद चाँदी र गहनाको सोमबारको बजार मूल्य १ लाख ५८ हजार ३ सय ३२ रुपैयाँ बराबरको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update