नेभिगेशन
समाचार

वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन्।

वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन्।

मृतक निशान थापा सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत रहेका थिए। आइतबार परीक्षा सकेर घर फर्केका उनी बेलुकी आफ्नै घरको आटीमा राखिएको बाकसभित्र मृत भेटिएका हुन्।

घटनाको समयमा घरमा उनकी बहिनी मात्र थिइन् भने आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि छोराको खोजी गर्ने क्रममा बाकसभित्र शव फेला परेको परिवारले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। “घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ,” प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए।

प्रहरीका अनुसार मृतकको शव गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ। विशेषज्ञद्वारा पोष्टमार्टम गर्नुपर्ने भएकाले शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।Screenshot_2025-08-18-16-52-25-551-edit_com.twitter.android-1755515860.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update