नेभिगेशन
समाचार

सुर्खेतमा YCL नेपालको श्रम तथा उत्पादन कार्यक्रम सम्पन्न

युवा लक्षित श्रमदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित YCL नेपाल सुर्खेतले आज श्रम तथा उत्पादन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम सुर्खेत–१२ स्थित श्री सरस्वती प्राथमिक विद्यालय परिसरमा सुरु गरिएको हो।

कार्यक्रमको उद्घाटन YCL नेपालका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज बिक्रम कुमालले गर्नुभयो। उद्घाटनपछि विद्यालय परिसरमा सरसफाइ तथा श्रमदान कार्यक्रम सञ्चालन गरिएको थियो। यस अवसरमा YCL सुर्खेतका अध्यक्ष डिल्लि भट्टराईलगायत पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो।

विद्यालय र समुदायको लागि गरिएको श्रमदानलाई स्थानीयवासीले उच्च मूल्याङ्कन गरेका छन्। विद्यालय व्यवस्थापन समितिका सदस्य र स्थानीय बासिन्दाले श्रमदानको spirit देखेर बाजागाजा सहित स्वागत गर्दै YCL नेपाललाई धन्यवाद दिएका थिए।

युवाहरूलाई श्रम, उत्पादन र समाजप्रति उत्तरदायी बनाउन प्रेरित गर्ने उद्देश्यले गरिएको यो कार्यक्रमले विद्यालय तथा समुदाय दुवैलाई सन्देश दिएको आयोजकले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update