नेभिगेशन
समाचार

बर्षौदेखि गाउँघरमै सीमित अष्टिम्की चित्र बनाई अष्टिम्की पूजा गर्दै आएका थारु समुदायले यसपटक पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा गरेका छन्।

 महिलाहरू परम्परागत संस्कृतिको पहिरन लेहङ्गा र चोलीमा सजिएर रेडियो गुर्वावा एफ.एम.को भवनबाट सुरु गरी बाँसगढी बजार परिक्रमा गर्दै नगरपालिकामा पुगेर अष्टिम्की पूजा सम्पन्न गरेका हुन्।

थारु समुदायको सांस्कृतिक गौरव मानिने अष्टिम्की पूजालाई यसरी नगरस्तरमा पु¥याउनु ऐतिहासिक कदम भएको स्थानीयको भनाइ छ। यस दिनलाई थारु समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रचार–प्रसारको दृष्टिले महत्वपूर्ण दिनका रूपमा लिएका छन्।

समुदायका अगुवाहरूले अष्टिम्कीलाई केवल धार्मिक अनुष्ठान नभई सामुदायिक एकता, मौलिकता र सांस्कृतिक सम्पदाको जगेर्नासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यस अवसरमा बाँसगढी नगरका स्थानीयवासीले थारु संस्कृति, पहिरन र परम्परागत श्रद्धा–भक्तिलाई नजिकैबाट अवलोकन गर्ने अवसर पाए। अष्टिम्की पूजाले नगरभित्र आपसी सद्भाव र एकताको सन्देश समेत प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update