नेभिगेशन
समाचार

शक्तिशाली सरकारलाई निरीह विपक्षीले ल्याउला ट्र्याकमा ?

शक्तिशाली सरकारलाई निरीह विपक्षीले ल्याउला ट्र्याकमा ?

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेसहितको सरकार बनेसँगै विपक्षीहरू सानो आकारमा खुम्चिन पुगेका छन् । परिणामस्वरुप सरकारका कमी कमजोरीमा प्रश्न उठाउने, खबरदारी गर्ने विपक्षी भूमिका पनि औपचारिकतामा सीमित भएको छ ।विपक्षी दलहरूले सरकारको आलोचना नगरेका होइनन् तर उनीहरूले उठाएको विषयबाट कहीँ पनि सरकारलाई ठेस लागेको अवस्था देखिँदैन । विपक्षीकै कारण सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्ने अवस्थासमेत अहिलेसम्म सिर्जना हुन सकेको छैन । यसको अर्थ या त सरकारले गरेका सबै काम राम्रो रहेछ भनेर बुझ्नुपर्ने हुन्छ या विपक्षीले विरोधका लागिमात्र विरोध गर्दै आएका रहेछन् विरोधका लागिमात्र विरोध गर्दै आएका रहेछन् भनेर बुझ्नुपर्छ ।

सरकार स्वेच्छाचारी भएको, भ्रष्टाचारका ठुला काण्डमाथि हुँदै आएको छानबिन प्रभावित पारेको, राजनीतिक प्रतिशोधका आधारमा मुद्दा मामिला लम्ब्याएको जस्ता आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् ।

यसबिचमा सरकारले जनस्तरमा राहत पुग्ने दिशामा खासै काम गर्न सकेको छैन । महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान, स्वास्थ्य, शैक्षिक सुधारजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको प्रस्ट छ । शक्तिशाली सरकार भएकै कारण जनताले विकास निर्माणका कामले गति लिने, महँगी नियन्त्रण हुने,अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्नु स्वाभाविक हो । साढे ६ महिनाको अवधिमा सरकारले आफूसँग संसद्मा रहेको अंकगणितीय आकार अनुसार कुनै प्रभावकारी काम नगरेको प्रस्ट छ ।सवारी चालक अनुमतिपत्र लिनका लागि तीन वर्ष पर्खनुपर्ने अवस्था छ । स्वास्थ्य उपचारका लागि लाग्ने लाइन कम हुन सकेको छैन । सरकारी सेवा प्रवाहमा ढिलासुस्ती, दैनिक विदेश जानेको लर्को घट्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update