नेभिगेशन
समाचार

शक्तिशाली सरकारलाई निरीह विपक्षीले ल्याउला ट्र्याकमा ?

शक्तिशाली सरकारलाई निरीह विपक्षीले ल्याउला ट्र्याकमा ?

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेसहितको सरकार बनेसँगै विपक्षीहरू सानो आकारमा खुम्चिन पुगेका छन् । परिणामस्वरुप सरकारका कमी कमजोरीमा प्रश्न उठाउने, खबरदारी गर्ने विपक्षी भूमिका पनि औपचारिकतामा सीमित भएको छ ।विपक्षी दलहरूले सरकारको आलोचना नगरेका होइनन् तर उनीहरूले उठाएको विषयबाट कहीँ पनि सरकारलाई ठेस लागेको अवस्था देखिँदैन । विपक्षीकै कारण सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्ने अवस्थासमेत अहिलेसम्म सिर्जना हुन सकेको छैन । यसको अर्थ या त सरकारले गरेका सबै काम राम्रो रहेछ भनेर बुझ्नुपर्ने हुन्छ या विपक्षीले विरोधका लागिमात्र विरोध गर्दै आएका रहेछन् विरोधका लागिमात्र विरोध गर्दै आएका रहेछन् भनेर बुझ्नुपर्छ ।

सरकार स्वेच्छाचारी भएको, भ्रष्टाचारका ठुला काण्डमाथि हुँदै आएको छानबिन प्रभावित पारेको, राजनीतिक प्रतिशोधका आधारमा मुद्दा मामिला लम्ब्याएको जस्ता आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् ।

यसबिचमा सरकारले जनस्तरमा राहत पुग्ने दिशामा खासै काम गर्न सकेको छैन । महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान, स्वास्थ्य, शैक्षिक सुधारजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको प्रस्ट छ । शक्तिशाली सरकार भएकै कारण जनताले विकास निर्माणका कामले गति लिने, महँगी नियन्त्रण हुने,अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्नु स्वाभाविक हो । साढे ६ महिनाको अवधिमा सरकारले आफूसँग संसद्मा रहेको अंकगणितीय आकार अनुसार कुनै प्रभावकारी काम नगरेको प्रस्ट छ ।सवारी चालक अनुमतिपत्र लिनका लागि तीन वर्ष पर्खनुपर्ने अवस्था छ । स्वास्थ्य उपचारका लागि लाग्ने लाइन कम हुन सकेको छैन । सरकारी सेवा प्रवाहमा ढिलासुस्ती, दैनिक विदेश जानेको लर्को घट्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update