नेभिगेशन
समाचार

बझाङमा जाजरकोटका राज भण्डारीको आफ्नै साथीको आक्रमणमा मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

नरेन्द्र भण्डारीका छोरा २३ वर्षीय राज भण्डारीको सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको पाटनमा आफ्नै साथीको आक्रमणमा परि दुःखद मृत्यु भएको छ।

रोजीरोटीको सिलसिलामा मजदुरी गर्दै आएका राज केही दिनअघि साथीको साथमा बजार जाँदै गर्दा बाटैमा ढुंगाले प्रहार गरी मारिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनापछि बझाङ जिल्ला प्रहरी कार्यालयले शव आफन्तलाई बुझाइसकेको र घटनामा संलग्न आरोपितलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।

स्थानीय स्रोतका अनुसार घटनास्थल दुर्गम भएकाले शव सदरमुकामसम्म ल्याउन करिब ३ दिन लाग्ने अनुमान गरिएको थियो। मृतकको निधनले जन्मथलो भेरी नगरपालिका–६, भेरे टोल शोकमग्न भएको छ।

स्थानीयवासी र आफन्तहरूले राजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस निर्मम घटनाको घोर निन्दा गरेका छन्। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

मृतकको शवलाई जाजरकोटसम्म ल्याइसकेको जानाकारी प्राप्त भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update