नेभिगेशन
समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको बोधगयामा ऐतिहासिक भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार यसपटक भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेट्ने परम्परालाई तोड्दै, गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल बोधगयालाई विशेष कूटनीतिक भेटका लागि रोजिएका हुन्।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। प्रधानमन्त्री बनेको १४ महिनापछि उनको यो पहिलो भारत भ्रमण हुनेछ, जसलाई दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।

भ्रमण तयारीका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौं आउने भएका छन्। उनले प्रधानमन्त्री मोदीको तर्फबाट औपचारिक निमन्त्रणापत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछन्। सो अवसरमा ओलीको भ्रमण कार्यतालिका तथा बोधगयाको भ्रमण मार्गबारे अन्तिम सहमति गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update