नेभिगेशन
समाचार

बच्चा जन्माएको कहि घण्टामै सुत्केरीको मृत्यु, छानबिन समिति गठन

जनकपुरस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ। अप्रेसनबाट बच्चा जन्माएकी सिराहाको कल्याणपुर–१, सनचिरैया निवासी अर्चना कुमार मण्डल बुधवार राति निधन भएकी हुन्।

मृतकका पति दीपेन्द्र मण्डलले अस्पतालको लापरबाहीले श्रीमतीको ज्यान गएको आरोप लगाएका छन्। उनले भने, “बच्चा जन्मिने समय पुगेको भए पनि ढिला भई अस्पताल भर्ना गरेका थियौं। चिकित्सकको सल्लाह अनुसार अप्रेसन गरियो र छोरी जन्माइयो, तर केही घण्टामै श्रीमती गुमायौँ।”

तर प्रादेशिक अस्पतालले भने, महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण नभई श्वासप्रश्वासमा समस्या भएपछि भएको दाबी गरेको छ। मेडिकल सुपरिटेन्डेन्ट जामुन सिंहले श्वासप्रश्वासको समस्या मुख्य कारण भएको बताए।

पीडित परिवारको मागअनुसार जनकपुर प्रहरी सक्रिय भएर छानबिन समिति गठन गरेको छ। पोस्टमार्टम गर्न नमानेपछि अस्पतालले पाँच सदस्यीय टोली बनाएको हो। टोलीमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका दुई जना प्रतिनिधि र एक विज्ञ रहेका छन्।

अस्पतालका अनुसार हाल मृतकको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update