नेभिगेशन
समाचार

पर्सा कारागारमा वर्षौंदेखि चिकित्सक रिक्त, एक हजारभन्दा बढी बन्दी उपचार जोखिममा

पर्सा जिल्लास्थित वीरगञ्ज कारागारमा सातौँ वा आठौँ तहको मेडिकल अधिकृतको दरबन्दी भए पनि वर्षौंदेखि रिक्त छ । हाल त्यहाँ ‘हेल्थ असिस्टेन्ट’ मार्फत मात्र स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।

गत मङ्गलबार वीरगञ्ज महानगर–२५ का बन्दी राहुल साह तुरहाको व्यायाम गर्ने क्रममा स्वास्थ्य समस्या भई नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि कारागारमा नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको व्यवस्था तत्काल गर्नुपर्ने माग चर्किएको छ।

जिल्ला कारागार प्रमुख खिमराज भुसालका अनुसार कारागार व्यवस्थापन विभागलाई दरबन्दीअनुसारको मेडिकल अधिकृत नियुक्त गर्न पत्राचार गरिएको छ।

हाल वीरगञ्ज कारागारमा स्वदेशी तथा विदेशी गरी १,३१० जना बन्दी छन् । तीमध्ये महिला कैदी पाँच, महिला थुनुवा ४२, आश्रित बालिका दुई र विदेशी १९९ जना छन्।

कारागार ऐन, २०७९ अनुसार ५०० जनाभन्दा बढी बन्दी रहने कारागारमा अस्पताल र सोभन्दा कममा स्वास्थ्य चौकीको व्यवस्था गर्नुपर्ने प्रावधान भए पनि पर्सा कारागारमा उक्त व्यवस्था वर्षौंदेखि लागू हुन सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update