नेभिगेशन
समाचार

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो, फेरि बनाउलान् भन्ने चिन्ता

कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानअन्तर्गत ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ स्थानीय प्रतिनिधि, विभिन्न सङ्घ–संस्था, प्रहरी र नागरिकको उपस्थितिमा भत्काइएको हो।

गत असारमा कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा बस्ने क्रममा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई तत्काल छाउगोठ भत्काउन निर्देशन दिएको थियो। सोही निर्देशनपछि बेदकोट र कृष्णपुर नगरपालिका क्षेत्रमा व्यापक रूपमा अभियान सञ्चालन भएको हो।

बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टका अनुसार वडा नं. ४ र १० मा २३ वटा छाउगोठ भत्काइएको छ। उनले छाउगोठ पुनः निर्माण हुन सक्ने आशङ्का व्यक्त गर्दै, संलग्न परिवारलाई बोलाएर अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए।

त्यसैगरी, कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले आज मात्रै १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए। उनका अनुसार पहिला अभियानमा अवरोध हुने गरेको भए पनि अहिले स्थानीय बासिन्दा सचेत बनेका छन् र सहयोग गर्न थालेका छन्।

गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान सुरु गरेको भए पनि केही स्थानीयको विरोधका कारण रोकिएको थियो। तर, असार अन्तिम साता निगालीमा कमला आउजीको छाउगोठमा सुतेकै अवस्थामा सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनी कारबाही र रु १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार यो अभियानले कञ्चनपुरमा दीर्घकालीन रूपमा छाउपडी प्रथा अन्त्य गर्ने लक्ष्य लिएको छ, जसका लागि कानुनी कारबाहीसँगै समुदायस्तरमा सचेतना र संवादलाई पनि प्राथमिकता दिइँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update