नेभिगेशन
समाचार

रुपन्देही अदालतले लामिछानेको थुनामुक्तको माग अस्वीकार, पत्नी निकिताको अडान– ‘संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु’

रुपन्देही जिल्ला अदालतले अभियुक्त रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ मा टेकेर धरौटी, जमानत वा बैंक जमानतमार्फत थुनाबाट छुट्टी पाउने माग गर्दै अदालतमा निवेदन दिएका थिए।

दफा ७१ अनुसार, यदि कुनै अभियुक्त दफा ६७ वा ६८ बमोजिम थुनामा परे पनि उसलाई दोषी ठहर हुने अवस्था नदेखिएको उचित आधार भएमा, मुद्दाको जुनसुकै चरणमा पनि अदालतले थुनाबाट छोड्ने आदेश दिन सक्ने व्यवस्था छ। तर रुपन्देही अदालतले लामिछानेविरुद्धको मुद्दा थुनुवा प्रकृतिको भएको र छिटोछरितो न्याय निरूपण आवश्यक रहेको ठहर गर्दै थुनामुक्तको माग खारेज गरेको हो। साथै, अदालतले शीघ्र कामकारबाही गर्न आदेश पनि दिएको छ।

अदालतको आदेशपछि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले फेसबुकमार्फत सरकार र अन्यायविरुद्ध आफ्नो लडाइँ जारी रहने बताइन्। उनले लेखेकी छिन्, “म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, जसले साधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमान्ले न्याय नपाएसम्म अडिरहन्छु।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update