नेभिगेशन
समाचार

रवि लामिछाने पुर्पक्षका लागि थुनामै रहने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिएर रिहाइको माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए।

निवेदन दर्ता भएको दिन नै न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले दुवै पक्षलाई पेशीको सूचना दिने आदेश गरेको थियो। तर साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा दुवै दिन स्थगित भएको थियो। अन्ततः अदालतले धरौटीमा छाड्ने माग अस्विकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update