नेभिगेशन
समाचार

बौद्धमा ऐतिहासिक रोपाइँ जात्रा सुरु

जात्रा आइतबारदेखि बौद्धमा सुरु भएको छ। गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिको आयोजनामा सुरु भएको यस पर्वमा विभिन्न परम्परागत कार्यक्रम समावेश छन्।

आइतबार ‘घिनतिङना’ कार्यक्रम सम्पन्न गरिएपछि आज हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, हाँस्य–व्यङ्ग्य, युवा लाखे, बाल लाखे, झाँक्री, घोडा तथा विद्यालयका प्रस्तुतिसहित भव्य र्‍याली निकालिनेछ। र्‍याली बौद्धस्तूप परिक्रमा गरी फूलबारी, बौद्ध गेट, पिपलबोट, टुसाल हुँदै पुनः स्तूप परिसरमा फर्किनेछ।

मौलिक संस्कृतिमा आधारित ‘घोनाइ’ नामले पनि चिनिने यो जात्रा मल्लकालदेखि निरन्तर चलिआएको हो। जानकारका अनुसार सोह्रौँ र सत्रौँ शताब्दीदेखि खेतीपाती सम्पन्न भएको खुसीयाली स्वरूप यो पर्व मनाउने परम्परा रहेको छ। सहभागीहरू घर–घरबाट परम्परागत भेषभूषामा सजिएर हली, बाउसे, रोपारजस्ता खेतीपातीका क्रियाकलापको अभिनयसहित झाँकी प्रस्तुत गर्छन्।

आयोजक समितिका संयोजक जयमंगल लामाका अनुसार यस वर्ष पनि विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले ऐतिहासिक र सांस्कृतिक महत्वका यी पर्व भव्य रूपमा सम्पन्न गर्न महानगरबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update