नेभिगेशन
समाचार

दुधपोखरीमा जनैपूर्णिमामा नुहाउने क्रममा किशोर बेपत्ता

लमजुङ, कास्की र मनाङको सिमानामा अवस्थित प्रसिद्ध तीर्थस्थल दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ शनिबार बिहान पौडी खेल्ने क्रममा हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङ शुक्रबार राति नौ जनासहित थुर्जुमा बास बसेर शनिबार बिहान पोखरी पुगेका थिए। बिहान करिब ८ बजेतिर पौडी खेल्दै पोखरीको टाढा भागमा पुगेपछि हराएको उनका साथीहरूले बताएका छन्। उद्धार प्रयास असफल भएपछि उनीहरूले नजिकको टेलिफोन सिग्नल आउने स्थानमा पुगेर घटनाबारे जानकारी दिएका थिए।

क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङका अनुसार स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको छ र सोमबार बिहान पोखरी पुग्ने योजना छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रेशम बोहराले प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिएका छन्। उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू सहभागी छन्। दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update