नेभिगेशन
समाचार

कैलाली कारागार झडपमा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले २३ साउनमा कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा ज्यान गुमाएका कैदी भरत चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आइतबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले घाइतेहरूको उपचार सरकारी खर्चमा गर्ने व्यवस्था मिलाएको छ। हाल घाइते ४९ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बैठकले कारागारभित्र सुरक्षासम्बन्धी पूर्वाधार सुदृढ गर्न हेलोजन बत्ती र सिसी क्यामरा शीघ्र जडान गर्ने, साथै कारागारको छाना र अन्य संरचनाको मर्मत–सम्भार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update