नेभिगेशन
समाचार

विद्यार्थीबाट असल संस्कारको सुरुवात, जन्मदिनमा विद्यालय र साथीको सहयोग

बर्दिया, ठाकुरबाबा–१, डुम्रेनीस्थित श्री जनचाहना आधारभूत विद्यालयका विद्यार्थीहरूले असल अभ्यास र सकारात्मक व्यवहार परिवर्तनको अनौठो उदाहरण पेश गरेका छन्।

सामान्यतया जन्मदिनमा केक काट्ने, चकलेट बाँड्ने जस्ता फजुल खर्च गर्ने चलनलाई परित्याग गर्दै उनीहरूले जन्मदिनलाई सेवा र सहयोगको अवसरका रूपमा बदलिरहेका छन्। विद्यार्थीहरूले आफ्नो जन्मदिनमा विद्यालय सरसफाइका लागि कुचो, साबुन जस्ता सामग्री प्रदान गर्ने तथा आर्थिक रूपमा विपन्न साथीहरूलाई कापी, कलम जस्ता शैक्षिक सामग्री उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।

हालै कक्षा ८ का कमल माझी र कक्षा २ का निर्मल थापाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका प्रधानाध्यापक यज्ञ नेपाललाई कुचो र साबुन हस्तान्तरण गरे। विद्यालय परिवारले यस कदमलाई अत्यन्त सराहना गर्दै अन्य विद्यार्थीहरूलाई पनि यस्तो असल संस्कार अपनाउन आग्रह गरेको छ।

यो पहलले विद्यार्थीहरूमा सहयोगभाव, सामाजिक जिम्मेवारी र संसाधनको सदुपयोग गर्ने सोच विकास गरिरहेको विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update