नेभिगेशन
समाचार

बाँसगढी नगरप्रमुख र शिक्षा शाखा प्रमुखसँग नेरा मा‌ वि मा का विद्यार्थी संग सामाजिक विषयको परियोजना अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लक्षणपुरका कक्षा १० का विद्यार्थीहरूले सामाजिक अध्ययन विषय अन्तर्गतको परियोजना कार्यको सिलसिलामा स्थानीय जनप्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

मिति २०८२ साल साउन २३ गते, विद्यालयका विद्यार्थीहरूको टोली बाँसगढी नगरपालिका कार्यालयमा पुगेर नगरप्रमुख श्री खडकबहादुर खड्का र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा वरिष्ठ शिक्षा निर्देशक श्री मनप्रसाद रेग्मी सँग प्रत्यक्ष भेटघाट तथा विचार–विमर्श गरेका हुन्।

विद्यार्थीहरूले बजेट निर्माण प्रक्रिया, विकास योजना निर्माण, कार्यान्वयनका चरणहरू, प्राथमिकता निर्धारणका आधारहरू र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत रूपमा जानकारी लिने अवसर पाए।
नगरप्रमुख खड्काले स्थानीय सरकारका कार्यशैली, नागरिक सहभागिता र पारदर्शिताका सवालमा विद्यार्थीहरूलाई सरल तर प्रभावकारी शैलीमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो, "विद्यार्थीहरू अबको भविष्य हुन्, तिनको व्यवहारिक बुझाइलाई गम्भीरतापूर्वक लिनुपर्छ। यस्ता अन्तरक्रिया कार्यक्रमहरूले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरणा दिन्छ।"

शाखा प्रमुख रेग्मीले शिक्षा नीतिका कार्यान्वयन पक्ष, स्थानीय तहमा शिक्षा बजेटको संरचना र हाल सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई खुला रूपमा प्रश्न राख्न प्रोत्साहित गर्नुभयो।

विद्यार्थीहरूले स्वयम् तयार पारेका प्रश्नहरू राख्दै जनप्रतिनिधिसँग संवाद गर्दा शिक्षाको व्यवहारिक पक्षलाई प्रत्यक्ष रूपमा बुझ्ने मौका पाए। कार्यक्रममा शिक्षक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा नगरप्रमुख खड्काले विद्यालयको यस्तो पहलकदमीको प्रशंसा गर्दै भविष्यमा पनि नगरपालिका स्तरबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो।

यो कार्यक्रमले विद्यार्थीहरूमा स्थानीय शासन, नीतिगत प्रक्रिया, बजेट संरचना र कार्यान्वयन प्रणालीबारे गहिरो ज्ञान प्रदान गर्नुका साथै जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने साहस र आत्मविश्वास वृद्धि गराएको सहभागीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update