नेभिगेशन
समाचार

अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?

अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?

काठमाडौँ । जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएपछि विश्वको अर्थव्यवस्थामा उथलपुथल देखिएको छ । ट्रम्पले क्यानडा, चीन र मेक्सिकोबाट हुने आयातमा थप कर लगाउने निर्णय गरेका छन् ।ट्रम्पको यो निर्णयसँगै क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ । तर मेक्सिको र क्यानडा दुवैमाथिको करवृद्धि तत्कालका लागि स्थगन भएको छ । विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत शुल्क लाग्ने भएको छ । चीन माथिको करवृद्धि भने मंगलबारदेखि लागू भएको छ ।अमेरिकाले चिनियाँ वस्तुमा कर वृद्धि गर्दा पनि चीनले कुनै प्रतिवाद गरेको छैन । जबकि सन् २०१८ मा ट्रम्पले चीनबाट आयात हुने वस्तुमा कर वृद्धि गर्दा ‘चीन व्यापार युद्धबाट पछि नहट्ने,’ भन्दै बेइजिङले वक्तव्य जारी गरेको थियो । अहिले चीनले आफ्नो व्यापार साम्राज्य विश्वभर फैलाएको छ । यसमध्ये १०० भन्दा बढी देशमा अर्बौं डलरको वार्षिक कारोबार गर्छ । यही कारण १० प्रतिशत वृद्धिलाई चीनले महत्व नदिएको हुन सक्ने प्राध्यापक इयान चाङले बीबीसीलाई बताएका छन् । उनले भनेका छन्– ‘बेइजिङलाई १० प्रतिशतको कर वृद्धि ठुलो लाग्न छोड्यो । उसले यस्ता सानातिना कुरा अमेरिकासँग सवालजवाफमा उत्रिन सही हुँदैन भनेर परिपक्व आर्थिक कूटनीति देखाउन सफल भएको छ ।’ अमेरिकाले ठुला देशसँगको व्यापारमा कर वृद्धिको नीति लिए पनि भारतसँग भने कुनै थप निर्णय गरेको छैन । जबकि भारतले आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत १६०० सीसीभन्दा माथिको मोटरसाइकलमा लाग्ने भन्सार शुल्क २० प्रतिशत घटाएको छ । योभन्दा माथिका अधिकांश मोटरसाइकल भारतीय बजारमाबुल्मबर्गका अनुसार गत वर्ष मात्रै अमेरिकाबाट भारतमा ३० लाख डलर बराबर मोटरसाइकल आयात गरिएको छ । त्यस्तै अमेरिकाबाटै आउने स्याटेलाइट ग्राउन्ड उपकरणको भन्सार शुल्क पूर्ण रूपमा हटाइएको छ । भारतले अमेरिकाबाट कच्चा तेल, पेट्रोलियम पदार्थ, कोइला, मेडिकल तथा वैज्ञानिक उपकरण, टर्बोजेट, कम्प्युटर लगायतका पार्टस् आयात गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update