नेभिगेशन
समाचार

कर्णाली प्रदेशमा पहिलोपटक प्रादेशिक युवा बहस हुने,

"अब युवालाई सुनौँ" भन्ने नारासहित कर्णाली प्रदेशमा पहिलोपटक प्रादेशिक युवा बहस कार्यक्रमको आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिने उक्त बहस कार्यक्रमले कर्णाली प्रदेशको समृद्धिका लागि युवाहरूको दृष्टिकोण, विचार र योजनालाई खुला रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

‘समृद्ध कर्णालीका लागि युवा विषयक प्रादेशिक बहस’ शीर्षकमा आयोजना हुने कार्यक्रम २०८२ साल साउन २६ गते बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रमको आयोजना  मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहल सुर्खेतमा गरिनेछ।

कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट युवाहरूको प्रतिनिधित्व रहनेछ। बहसमा सहभागी युवाहरूले विकास, शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, प्रविधिको प्रयोग र समावेशी नीतिहरूको आवश्यकताको विषयमा आफ्ना तर्कहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमको विशेषता भनेको — कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, युवा तथा विद्यार्थी अगुवा, पत्रकार, समाजसेवी तथा सरोकारवालाहरूको उपस्थितिमा बहस हुने हो। यसले युवाको आवाज नीतिनिर्माण तहसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको आयोजना Karnali Youth Society (KYC) ले गरेको हो। 

 

युवाको विचार– विकासको आधार

कार्यक्रम आयोजक संस्थाका अनुसार — "युवालाई नीति निर्माणमा समावेश नगरी कर्णालीको दीगो विकास सम्भव छैन।" यही सोचका साथ कार्यक्रमले युवाहरूको नीति, दृष्टिकोण र समाधानको बाटो तय गर्न सक्नेछ।

यस प्रादेशिक युवा बहस कार्यक्रमलाई कर्णाली प्रदेशमा युवाहरूको भूमिकालाई संस्थागत गर्दै प्रदेशस्तरमै ठोस संवाद प्रारम्भ गर्ने कोशेढुंगाको रूपमा लिइएको छ।

— "कर्णाली समृद्धि तर्फ अघि बढ्दैछ, अब युवा नै परिवर्तनका सारथी बन्नुपर्छ," आयोजकको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update