नेभिगेशन
समाचार

धनुषामा तस्करी नियन्त्रणका क्रममा झडप, सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर

भारतबाट तस्करी गरी ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। साउन २१ गते साँझ करिब सवा ८ बजे भएको झडपमा सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको हो।

सशस्त्र प्रहरी बल नेपालका प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा गएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका सामग्री नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय समूह आक्रोशित भई ढुंगामुढा गरेका थिए।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार प्रहरीले झडपपछि एउटा मोटरसाइकलसहित केही तस्करीका सामान बरामद गरेको छ। उनले स्थानीयले केही सामग्री लुकाएको शंका गरिएको जानकारी पनि दिएका छन्।

हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update