नेभिगेशन
समाचार

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटमा सेवाको अभाव : "ढोका खुला, तर कर्मचारी गायब!"

जाजरकोट — पशु अस्पताल तथा पशु सेवा कार्यालय  जाजरकोटमा सेवाको अभावका कारण सेवाग्राहीहरू निराश हुँदै फर्किन बाध्य भएका छन्।  बिहान १० बजे अस्पताल पुगेका सेवाग्राही हरिबाबु खड्काले सामाजिक सञ्जालमा अनुभव साझा गर्दै लेखेका छन्, "कार्यालयको ढोका खुला थियो, तर भित्र मान्छे, पशु, केही थिएन।"

उनका अनुसार उनी बिहान १० बजे पशु सेवा अस्पताल पुगेका थिए र १०:३० बजेसम्म अस्पतालमै बसे। तर सो अवधिभर कुनै पनि कर्मचारी देखिएनन्। "हैन, कार्यालय कसले कतिबेला चलाउँदो रहेछ हँ?" भन्दै उनले प्रश्न उठाएका छन्।

स्थानीय तह र सम्बन्धित निकायले नियमित सेवा दिनुपर्ने सार्वजनिक कार्यालयमै कर्मचारीको उपस्थितिको विषयमा यस्ता गुनासोहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेका छन्। जाजरकोटका पशुपालकहरू पशु उपचारका लागि अस्पताल धाउने गरे पनि कर्मचारीको लापरवाही र कार्यालयको अनियमितताले उनीहरू थप समस्यामा पर्ने गरेका छन्।

स्थानीयवासीहरू भन्छन्, "सरकारले सुविधा ल्याउँछौं भन्छ, तर कर्मचारीको नियमित उपस्थिति र सेवाको प्रत्याभूति नभएपछि हामी कहाँ जाऔं?"

अब यस्तो लापरवाही रोक्न स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण अत्यावश्यक भएको देखिन्छ। सेवामूलक कार्यालयमा समयमै सेवा पाउनुपर्ने जनताको अपेक्षा अझै पूरा हुन सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update