नेभिगेशन
समाचार

लखना चोकमा युवाको पहल: मेटिएका साइनबोर्ड अक्षर पुनः लेख्दै सामाजिक उत्तरदायित्वको उदाहरण

बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ३ भित्र पर्ने लखना चोकको नामाकरण गरी राखिएका साथै भित्री गाउँको नाम र दुरी खुलाइ सिमेन्टका पिल्लरहरूमा लेखिएका अक्षरहरू लामो समयदेखि जिर्ण भयपनि सम्बन्धित निकायले ध्यान आकर्षण गरेको नदेखिएपछि मेटिएका अक्षरहरू उक्त पालिका भित्रका केहि युवाहरूले आफ्नै व्यक्तिगत लगानी गरी पु:न प्रष्ट देखिने गरी लेखेका छन् । 

 

लखना चोकको नामाकरण गरिएको उक्त दृश्य केही दिन यता सामाजिक सञ्जालमा बाहिरिएपछि केही समाजसेवी रिक्साचालक र युवा व्यवसायी साथै राष्ट्रिय युवा सङ्घ बाँसगढी नगर कमिटीका अध्यक्ष निशान चन्द लगायतले सामूहिक लगानी गरी उक्त ठाउँमा अहिले पुरानै स्वरूप झल्काएका छन् । 

उक्त प्रशंसा योग्य कार्यका लागि अग्रसर हुनुभएका सम्पूर्ण युवाहरूलाई विशेष धन्यवाद, साथै यि यस्ता क्रियाकलापहरू लखना चोकमा मात्र नभइ अन्य थुप्रै ठाउँहरूमा मर्मत सम्हार गर्नुपर्ने देखिएको हुँदा सम्बन्धित निकायको ध्यान आकर्षण होस् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update