नेभिगेशन
समाचार

बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालमा भर्ना

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा मुत्र प्रणालीमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिहीबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना गरिएको हो।

अस्पताल प्रशासनका अनुसार देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। उहाँको स्वास्थ्य परीक्षणमा डा. प्रेम ज्ञवाली, डा. विवेक शर्मा र डा. सन्देश पन्थीको टोली संलग्न रहेको पारिवारिक स्रोतले जनाएको छ।

धर्मपत्नी रुक्मणी देवकोटाका अनुसार केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई चिकित्सकीय निगरानीमा राखिएको हो। प्रमुख देवकोटालाई आइतबारसम्म अस्पतालमा राखिने र सो दिन स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्टपछि थप उपचारबारे निर्णय लिइने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update