नेभिगेशन
समाचार

‘मिडिया काउन्सिल विधेयक संवेदनशील ढंगले अघि बढाइने’ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र स्वायत्ततालाई ध्यानमा राखी अगाडि बढाइने बताएका छन्।

प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरूसँग संवाद गर्दै विधेयकलाई व्यवस्थित, मर्यादित र सर्वपक्षीय रूपमा स्वीकृति दिलाउने प्रयास भइरहेको बताए। “मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताप्रति संवेदनशील छ,” उनले भने, “छलफलमा उठेका सुझावलाई समेट्दै विधेयक सुधार्ने छौं।”

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउलेले बेलायतको प्रेस काउन्सिलको संरचनात्मक अभ्यास उल्लेख गर्दै नेपालको मिडिया काउन्सिल पनि पत्रकार र राज्यबीच सन्तुलन कायम गर्ने किसिमको हुनुपर्ने धारणा राखे। “यो पत्रकार आचारसंहिता पालना गराउने र गुनासो सुन्ने स्वायत्त निकाय होस्,” गाउलेको सुझाव थियो।

महासंघकी उपाध्यक्ष नितु पण्डितले मिडिया काउन्सिल न्यायालयसरह हुने भएकाले पत्रकारहरूको आत्मनियमन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन्। “काउन्सिल स्वनियमनको आधारमा अघि बढ्नुपर्छ,” उनले भनिन्।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारका लागि बनाइएको विधेयक पत्रकारमैत्री र स्वामित्व अनुभव हुने गरी तयार पारिनुपर्ने बताए। छलफलमा महासचिव हिरामान लामा, पूर्व अध्यक्ष गणेश बस्नेत, राजेन्द्र अर्याल, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट लगायतको उपस्थिति थियो।

यसैबीच, आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई ‘आमसञ्चार परिषद् विधेयक’ नामकरण गर्ने सहमति भएको जानकारी गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update