नेभिगेशन
समाचार

कर्णालीमा खेलकुदलाई व्यावसायिक बनाउने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक बनाउने दिशामा राज्यको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले स्वस्थ युवा, अनुशासित समाज र आत्मनिर्भर राष्ट्र निर्माणका लागि खेलकुदलाई सशक्त माध्यमका रूपमा लिनुपर्ने धारणा राखे।

"व्यावसायिक खेलको माध्यमबाट स्वस्थ र सक्षम जनशक्ति उत्पादन हुन्छ, जसले देशलाई आत्मनिर्भर बनाउने यात्रामा टेवा पुर्‍याउँछ," उनले भने, "खेल पर्यटन, मनोरञ्जन र रोजगारी सिर्जनाको संयोजनका रूपमा खेल क्षेत्रलाई अगाडि बढाउनु आजको आवश्यकता हो।"

मुख्यमन्त्री कँडेलले खेलकुदले राष्ट्रिय गौरव बढाउने मात्र होइन, युवामा सिर्जनशीलता र जिम्मेवारीपन समेत विकास गर्ने भएकाले यसमा सरकारी लगानी अपरिहार्य रहेको बताए।

अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष दीपेन्द्र दाहालसहित १० वटै जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले प्रदेशमा खेलकुदको सम्भावना, संरचना विकास र युवा सहभागिताका विषयमा केन्द्रित छलफल गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update