नेभिगेशन
समाचार

अब प्रहरी वेबसाइट र एप इन्टरनेट बिना पनि निःशुल्क चलाउने व्यवस्था

अब नेपाल प्रहरीको वेबसाइट र मोबाइल एप इन्टरनेट बिना पनि निःशुल्क प्रयोग गर्न सकिने भएको छ।

नेपाल प्रहरीका अनुसार, प्रहरीको आधिकारिक वेबसाइट तथा मोबाइल एप प्रयोग गर्दा अब इन्टरनेट डाटा नचाहिनेछ। नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडमार्फत यो सेवा शून्य ब्यालेन्समै उपलब्ध हुने गरी व्यवस्था गरिएको हो।

प्रहरीको डोमेन र उप-डोमेनबाट नागरिकलाई प्रदान गरिने सेवा अब दुवै टेलिकम सेवा प्रदायकमार्फत निःशुल्क उपलब्ध हुनेछ। यसबाट प्रहरीसँग सम्बन्धित जानकारी, उजुरी र अन्य सेवा सहज रूपमा लिन सकिने विश्वास लिइएको छ।

नेपाल प्रहरीले नागरिकको सुविधालाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको जनाएको छ। अब देशभरका सर्वसाधारणले प्रहरीका डिजिटल सेवा बिना कुनै अतिरिक्त लागत सहज रूपमा उपभोग गर्न सक्नेछन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update