नेभिगेशन
समाचार

रुपन्देही-३ मा उपनिर्वाचन: दल दर्ताका लागि आयोगको आह्वान

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि दल दर्ता खुला गरेको छ। आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म केन्द्रीय कार्यालयमा दल दर्ता गर्न सकिनेछ।

उपनिर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता, सोही दिन प्रारम्भिक सूची प्रकाशन, असोज २४ गते अन्तिम नामावली प्रकाशन र कात्तिक १७ गते मतदान हुने कार्यतालिकामा उल्लेख छ।

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update