नेभिगेशन
समाचार

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न, प्रविधिको प्रयोगमार्फत सीमा स्तम्भ मर्मतलाई तीव्रता दिने सहमति

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ।

बैठकमा दुवै देशबीच सीमा क्षेत्रमा रहेका स्तम्भहरूको निरीक्षण, मर्मत तथा संरक्षण कार्यलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सीमा सर्वेक्षण र नक्साङ्कनका काममा नयाँ प्रविधि अपनाउँदै कामलाई द्रुत र भरपर्दो बनाउने सहमति बैठकले गरेको हो।

नेपाल सरकारका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो भने भारतको तर्फबाट भारतीय नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले नेतृत्व गरेका थिए।

सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग, सीमास्तम्भको नियमित अनुगमन, दुवै देशका प्रविधिक टोलीबीच समन्वय र आगामी योजनालाई स्पष्ट ढंगले कार्यान्वयन गर्न दुवै पक्ष प्रतिबद्ध रहेको बैठकमा जनाइएको छ।

बैठकले सीमा व्यवस्थापनको सुदृढीकरणका लागि निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी बैठकमा थप प्रगति समीक्षा गर्ने सहमति पनि जनाएको छ।Screenshot_2025-07-30-05-14-05-984-edit_com.facebook.katana-1753832371.jpg
Screenshot_2025-07-30-05-14-05-984-edit_com.facebook.katana-1753832371.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update