नेभिगेशन
समाचार

कृषि प्राविधिकको चिन्ता सुनिँदैन: ‘भेडा पालेर बस्नुस्’ भन्ने मन्त्रीको प्रतिक्रिया

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यरत कृषि तथा पशु प्राविधिकहरू रोजगारीको सुरक्षाका माग लिएर मन्त्रालयमा पुगेका थिए। उनीहरूको माग थियो— पुर्व सुचना बिना  रोजगारीबाट नहटाइयोस भन्ने गुनासो पोक्न मन्त्री संग गए
 मन्त्रालयका जिम्मेवार मन्त्रीबाट आएको जवाफले उनीहरू झनै निराश बने।

प्राविधिकहरूले आफ्ना पीडा र भविष्यप्रति बढ्दो अन्योल व्यक्त गर्दै मन्त्रीलाई भेटेका थिए। तर मन्त्रीले गम्भीरतापूर्वक जवाफ दिनुको सट्टा “यदि रोजगारी सुनिश्चित भएन भनेर डर लागिरहेको छ भने, हिमाली भेगमा जानुहोस्, कृषि र पशुपालन गर्नुहोस्, भेडा पालेर बस्नुस्।”

यस प्रकारको प्रतिक्रिया राज्यले आफ्ना प्राविधिक जनशक्तिप्रति राखेको दृष्टिकोणको प्रतिबिम्ब हो भन्ने धेरैको धारणा छ। ग्रामीण भेगमा विगत लामो समयदेखि सीमित स्रोत साधनमै समर्पित भएर काम गर्दै आएका प्राविधिकहरूलाई यसरी हेला र अवहेलनाको व्यवहार गर्नु न्यायोचित नभएको उनीहरूको भनाइ छ।

प्राविधिकहरूले भने, “हामी विकासका अग्रपंक्तिमा बसेर सेवा दिँदै आएका छौँ। तर हाम्रो श्रमको कदर गर्ने सट्टा भेडा पाल्नुपर्छ भन्ने मन्तव्यले हाम्रो मनोबल घटाएको छ।”

यस घटनाले प्रदेश सरकार र कर्मचारीबीचको संवादको शैली, नेतृत्वको संवेदनशीलता र मानव संसाधनप्रति राज्यको नीति कस्तो छ भन्ने प्रश्न पुनः उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update