नेभिगेशन
समाचार

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी सेनाको विमान भारत आइपुग्यो, नेपालीलाई कहिले पठाइन्छ ?

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी सेनाको विमान भारत आइपुग्यो, नेपालीलाई कहिले पठाइन्छ ?

काठमाडौं । अमेरिकामा कागजात बिना बसोबास गर्ने भारतीयहरूलाई लिएर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो।

अमेरिकाले पछिल्लो समय धेरै देशका अवैध आप्रवासीलाई आफ्नो देश फिर्ता पठाइरहेको छ । छिमेकी देश भारतका अवैध आप्रवासीलाई पठाइएपछि अब अवैध रीपमा बसेका नेपालीलाई पनि फिर्ता पठाइने चर्चा चलेको छ ।

अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देशनिकाला गर्ने भएको यसअघि जानकारी खुलासा भएको थियो । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट अन्तर्गतको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन्सको दस्तावेजमा यो खुलासा भएको हो । उनीहरूलाई कहिले फिर्ता पठाइन्छ भन्ने निश्चित छैन ।

यसअघि भारतका सुरक्षा अधिकारीहरूले बीबीसीका सह-पत्रकार रविन्द्र सिंह रोबिनलाई भनेअनुसार उनीहरूले आगमन व्यक्तिहरूको सूची जाँच गरेका छन् र त्यसमा कुनै अपराधी नभएको बताएका थिए।

रविन्द्र सिंह रोबिनका अनुसार अमृतसर पुग्ने केही मानिसहरूलाई प्रहरीको गाडीमा उनीहरूको गाउँ लगिनेछ। बाँकी राज्यहरूका मानिसहरूलाई उडानबाट पठाइनेछ।IMG_20250205_154254-1738749602.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update