नेभिगेशन
समाचार

सिन्धुलीबाट हराएका एकै परिवारका २ जना सम्पर्कमा, १४ जनाको खोजी जारी

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ का उर्मिला हायु परिवारका १६ जना सदस्यहरूमध्ये २ जना काठमाडौँमा फेला परेका छन्।

हराएका सदस्यहरूमध्ये उर्मिला हायुकी माइली छोरी सुजाता र ज्वाईँ काठमाडौँबाट सम्पर्कमा आएका हुन्। उनीहरू हाल काठमाण्डौंबाट सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

स्थानीय भत्ता वितरणपछि उनीहरू सम्पर्कविहीन भएका थिए। बिहीवार हायु समुदायका लागि दिइने सामाजिक भत्ता बुझेपछि उनीहरू सुँगुरको मासु खाएर घरमै बसेका थिए। त्यसपछि भने उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ।

उनीहरूले प्रति व्यक्ति ४ हजार दरले तीन महिनाको सामाजिक भत्ता बुझेका थिए।

मोबाइल लोकेसनअनुसार उनीहरूको स्थान रामेछापमा देखिएपछि त्यहाँ पनि प्रहरी टोली परिचालन गरिएको छ।

सम्पर्कविहीन हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जना थिए। हाल दुई जना सम्पर्कमा आएपछि बाँकी १४ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update